आदरणीय सभापति ज्यू, निर्णायक मंडल ज्यू र हामीलाई अज्ञान रूपी अन्धकार बाट हटाएर ज्ञानको ज्योति प्रधान गरिदिनु हुने हाम्रा पूज्यनीय गुरु गुरुआमा हरु तथा यहाँ उपस्थित सम्पूर्ण मेरा दाजु दिदी तथा भाई बहिनीहरूमा म कक्षा ११ कृषि धार तर्फ अध्यनरत छात्र विवश लामिछानेको तर्फ बाट विनम्र पूर्वक अभिवादन टक्र्याउन चाहन्छु ।
आज मिति २०७८-१०-२७ का दिन यस त्रिवेणी माध्यमिक विद्यालय कटारीको प्राङ्गणमा आयोजना गरिएको यस देशको बिकाश र समृद्धि मा शिक्षाको महत्त्व शीर्षक रहेको बाकृत्तोकाला प्रतियोगितामा भाग लिन अवसर दिनुभएकोमा म उद्घोषक ज्यू प्रति आभार व्यक्त गर्न चाहन्छु।
सर्वप्रथम त!
शिक्षाकाे सामान्य अर्थ मानिसमा समूहको ज्ञान, सीप र वाणीहरूको शिक्षण, तालिम वा अनुसन्धान मार्फत एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नु हो। मानव विकासमा शिक्षाले दीर्घकालीन उत्पादकत्व र वृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ। शिक्षाको उल्लेख गर्दा सबैभन्दा पहिले विद्यालय दिमागमा आए पनि शिक्षा विद्यालयबाट सुरु हुँदैन किनकि विद्यालय माथिल्लो तह हो । शिक्षा सर्वप्रथम त! घरबाट सुरु हुन्छ आमाबाबुको नक्कल गरेर, समाजमा मानिसहरूसँग अन्तरक्रिया गरेर, प्रकृतिमा नयाँ कुराहरू पत्ता लगाएर, यो मानिसको प्रारम्भिक कालदेखि नै चल्दै आएको तथ्य हो । बाँच्नको लागि र बढ्नको लागि शिक्षा आवश्यक छ। शिक्षा कुनै पनि राष्ट्रको एक महत्वपूर्ण क्षेत्र हो र राष्ट्र विकासको सबैभन्दा महत्त्वपूर्ण कारक हो।
देशको बिकाश भेनेको देशमा भएको समिजाक,आर्थिक,भौतिक तथा वातावरणकाे पक्षमा सकारात्मक प्रगति हो । यी यस्ता कुरा हरुले भरिपूर्ण हुनु नै समृद्धि हो। अनि भरिपूर्ण हुनुकाे माध्यम नै शिक्षा हो।
सर्वप्रथम, शिक्षाले राष्ट्र विकासका लागि धेरै हिसाबले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ र शिक्षाको प्रमुख फाइदा भनेको देशलाई आवश्यक जनशक्ति प्रदान गर्नु हो। पर्याप्त जनशक्ति भएको र प्रत्येक व्यक्तिले समाजको वृद्धि, विकास गर्नकाे लागि आफ्नो उचित जिमेवारी लिएको नै एक विकसित वा शिक्षित राष्ट्रकाे राजनीति हो। तर विडम्बन! हाम्रो देश नेपालमा उचित शिक्षाकाे अभाव भएकाले दक्ष जनशक्तिको पनि अभाव भएको छ। जसको फलस्वरूप देश बिकाशमा पनि कछुवाको गति आएको छ ।
महोदय, म हजुरलाई भखरै उल्लेख गरेको सन्दर्भलाई अंतराष्ट्रीय रूपमा रहेको तथ्यको उदाहरण दिन चाहन्छु । अफ्रिकी देशहरू सामान्यतया गरिब देशहरू हुन्, र तिनीहरूका मानिसहरू सामान्यतया अशिक्षित छन्, र त्यसै कारणले तिनीहरूका भवनहरू, रेलमार्गहरू आयी उदहारणहरुले शिक्षा राष्ट्र विकास र समृद्धिको एक प्रमुख कारक रहेको बोध गराउँछ।सामान्यतया युरोपेली देशहरू वा युरोपेली शिक्षित मानिसहरूले बनाउने गर्दछन्। त्यसैले शिक्षाविना सामान्य राष्ट्रलाई विकासका लागि आवश्यक जनशक्तिकाे अभाव हुने गर्दछ।यी उदहारणहरुले शिक्षा राष्ट्र विकास र समृद्धिको एक प्रमुख कारक रहेको बोध गराउँछ।
महोदय, अमेरिकाको NASA, चीनको CNSA, भारतको ISRO र युरोपेली मुलुकहरूको ESA जस्ता अंतरिक्ष संस्थाहरुले अंतरिक्षमा आफ्नो प्रभुत्व कायम गर्न सक्षम भएका छन् जसको कारण शिक्षा नै हो।
तर बिडम्बना हाम्रो देश र हामी देशका नागरिकहरु समिजक र राजनीतिक दलदल बाट मुक्त हुन सकेका छैनन् । दिनै समाचारको हेडलाइनमा एक जना महिला बोकशीको आरोप मा कुटिन, अर्की निर्दोष बालिका बलत्कार काे सिकार हुन पुगिन् अनि उता शीर्ष नेताहरु पाटी फुटाउने र जोड्ने कार्यमा व्यस्त रहेएको भन्ने सुनिन्छ।
समयले डाँडो काटी सकेको छ। त्यसैले अन्त्यमा म के भन्न चाहन्छु भने अहिले विश्व महामारीकाे रूपमा रहेको covid 19 को पनि भ्याक्सिन सगै यसमा नियन्त्रण पनि हुँदै आइरहेको छ, डिजिटल वर्ल्ड, META Verse, Internet, Mobile,computer, cryptocurrency आधी इत्यादि यी यस्ता महत्त्वपूर्ण कुरहरू शिक्षाको कारणले नै सम्भव भएको छ।
यी उदहारणहरुले शिक्षा राष्ट्र विकास र समृद्धिको एक प्रमुख कारक रहेको बोध गराउँछ। भन्दै म आफ्ना दुई चार शब्द यही टुंग्याउन चाहन्छु।
हावस् त! धन्यवाद!