गाउँको माया (कक्षा ११)

                 गाउँको माया

लगभग दुई वर्षपछि गाउँतिर फर्केको थिएँ यी दुई वर्षका बिचमा धेरै पटक प्रयास गरे गाउंतिर जाऊ भनेर । तर हरेक पटक एउटा अल्को आइपर्थ्यो र प्रयास केवल प्रयासै रहन जान्थ्यो यसपटक बल्लतल्ल उम्केर आउन सकेको थिएँ । बाटाभरि आँखामा गाउँ नै नाचिरह्यो । मानसपटलभरि गाउँ नै सलबलाइरहयो बुधना, परिछन, रामदरस, बखतबहादुर कान्छो भाइ आमा, बा, घर छिमेक, टोल र गाउँ, सुल्ताना डाँकुको नौटड्की, महावीरजीको झन्डामेला, हाटबजार.... अनि यस्तै यस्तै थुप्रै घटनाहरू । एक समय गाउँका यी घटना, भिडभाड, चहलपहलहरूको म प्रत्यक्षदर्शी थिएँ । त्यति मात्र होइन, म पनि तिनमै थिएँ अहिले आएर ती सबको पृथक्ताबोध कता कता च्वास्स बिझाउँछ - आफैँलाई । गाउँमा बस्न नपाउनुको पीडाबोध हलक्क मौलिन्छ छातीभरि । अस्ति भर्खर मात्र भाइले चिठी लेखेथ्यो, 'दाजु! अचेल त परिछनको टोलमा बेलुकी बेलुकी रबिन हुड' को नाटक रिहर्सल गर्दै छन् । आहा! चिठी पढेर म कति खुसी भएथे... | चिठी पढिसकेपछि जीवनमा मैले लगभग पहिलो पटक बोध गरे हाम्रो गाउँमा पनि साँच्चैका मान्छेहरू रहेछन् जो जीवनलाई बुझ्दै छन् । हाम्रो गाउँ पनि केही हो र केही हुन सक्छ र यही 'केही हुनु' नै मेरा लागि अथवा हाम्रा लागि माने म. बुधना, परिछन र बखतबहादुरका हकमा जीवन खुल्दथ्यो अर्थात् जीवनको बाँच्नुको माने लाग्दथ्यो ।


एक पटक स्वयम् परिछनले पनि सायद मेरो भाइद्वारा नै हुन सक्छ, लेखाएर पठाएथ्यो "किसन भाइ तिमीहरू त लेखपढ गरेर ठुला मान्छे भयौ । सँगैका साथी हामी लाग्छ, धेरै पछाडि छुटिसक्यौँ । कठै तिमी पनि गाउँमा बसिदिंदा हौ त हामी जस्ता गँवारले पनि दुईचार कुरा जान्ने मौका पाउने थियौ । हुन त परिछनले सोझो हिसाबले नै भनेको होला, तर मलाई कता कता लाग्यो कि मलाई ठुलो मान्छे बनाएर परिछन ममाथि व्यङ्ग्य कस्दै छ । परिछनको यो गुनासोसँगै गाउँ बस्न नपाउनुको पीडाबोध मभित्र फेरि पनि जीवन्त भएथ्यो ।

म लगभग गाउँनजिक आइपुगिसकेको थिएँ । चैते बतास उन्मुक्त भई छारो उडाउँदै थियो । घाम लगभग चर्कदै थियो र म कृष्ण, गाउँ पुग्ने लालसमा एकोहोरो एक सुरमा तर्कनाहरूबिच रम्दै धुलौटे सडक नाप्दै थिएँ ।


“जयरामजीकी, किसन भाइ ।


सुनेर सहसा म झस्के । वरपर हेरें कताबाट आयो यो परिचित स्वर ? परिछन हो कि ? अथवा बुधना पो हो कि ? अथवा रामदरस पो हो कि ? स्वर खुट्याउन गाह्रो भइरहेथ्यो । हुन सक्छ - यतै कतै हलो जोतिरहेको होला अथवा घाँस खुर्किरहेको होला । नभन्दै सिमलको आडबाट परिछन टुप्लुक्क देखा पन्यो, जोत्दाजोत्दैको हलगोरु अड्याएर ऊ हस्याङफस्याङ गर्दै मतिर लम्कदै थियो ।


"आऊ बसौ, सियलमा एकछिन । घाममा धापिएर आयौ । कहाँबाट यति बेला ? किन यति दिनमा ? कुनै चिठीपत्र पनि छोडेनौ ? अचानक !" म नजिक आइनपुग्दै परिछनले मेरा सामु थुप्रै प्रश्नहरू ओइन्याइदियो ।


जमाना थियो म र परिछन लगौटिया यार थियौं । गाई चराउँथ्यौं सँगसँगै सिजनमा बदाम, मकै चोरेर ओरहा खान्थ्यौ र गीत गाउँथ्यौ, "गाई चरवाहा टुअर टापर, भैस चरवाहा चोर बकरी चरवाहा छिनर-छानर ताके चारो ओर।" ती दिनहरू अब धेरै पछाडि छुटिसके । त्यै गीत अचेल परिछनको छोराले गाउँदो हो गोठालो लागेका बेला परिछनको छोरो पनि बाउको बिडो थाम्दै । पछि अलि उमेरदार भएपछि हली बस्ला । परिछन पनि पहिले गोठालो थियो, लगभग छसात वर्षकै उमेरदेखि चौधपन्ध्रको किशोर वय नहुँदै बनी कमाउन थाल्यो र पछि हली बस्यो, सायद ज्यालादारीमा छोरालाई पनि त्यही काम सिकाउँछ र पछि छोराले पनि आफ्नो छोरालाई पनि त्यही काम सिकाउला । यसरी एवम् रितले यो परम्परा अनन्त परिछनहरूका बलिया पाखुरीहरूबाट क्रमशः हस्तान्तरण हुँदै रह्यो । हुन त सायद म पनि त्यही नै हुन्थे होला तर कता. कहाँनिर गल्ती वा सही भयो र मैले काला अक्षरहरूसित मितेरी गाँसे। टोलका मानिसहरूले मेरा आमाबालाई हुटहुटी लगाइदिए, “चलाख छ कुरो चाँडै टिप्छ । विद्यालय पठाइदिनुस्, भविष्य राम्रो हुन्छ । " म विद्यालय जान थाले काठको पाटी बोकेर। यहींदेखि परिछन र मबिचको अन्तराल बढ्न थाल्यो । हामी म परिछनदेखि र परिछन मदेखि, तर्की तर्की हिँड्न थाल्यो । धेरैपछि जब म केही बुझ्न थाले अनि मैले पहिलोपटक अनुभव गरे परिछनहरूसँग अन्तराल कदापि बढ्न दिइनुहुन्न र जो हुँदै छ त्यो गल्ती गरिदै छ । यसपछि परिछनलगायत ती बालदौतरीहरूसँग फेरि सम्बन्ध कायम गर्न मैले निकै श्रम गर्नुपन्यो । विद्यालय बिदा परेको बेला कहिले ओरहा खाने, कहिले गिर खेल्ने, कहिले कपर्दी खेल्ने वा त्यस्तै केही निहुँ पारेर म उनीहरूसँग मिसिन्थे ।


सिमलको फेदमा झोला बिसाउँदै लामो खुई काढेर म रुमालले अनुहारको पसिना पुछ्न थाले । "प्यास लाग्यो होला, पानी पिउँछौ ?


"यहाँ कहाँ पाउनु र पानी ?"


“अरे, के कुरा गछौं, सर्वत बिर्साउँछ यहाँको पानीले पख..." भन्दै ऊ दगुर्दै गयो र जोतिंदै गरेको कोलाको आलीमा रहेको लोटा टिपेर खोलामा भन्यो ।


खोलो अचेल फेरि गाउँतिर सोझिएको रहेछ यो खोलाले पनि गाउँलाई धुरुक्कै रुवायो । हुन त रुवायो मात्रै भन्नु खोलाप्रति अन्याय ठहर्ला यो खोलाले गाउँलाई पालेको पनि छ । हाम्रो विगतको लगभग आधा उमेर यही खोलाको डिल र बगरहरूमा बितेको थियो । कहिले ओरहा खाने निहुँमा त कहिले गाईभैसी चराउने निहुँमा खोलामा बाढी आएको बेला हामी गाईको पुच्छर समाएर बाढी तर्ने गथ्यौं अथवा यस्तो बेलामा हामी खोलाको किनारमा बसेर बाढीको आनन्द लुथ्यौ । तर्न डराउने कोही मानिस आए भने हामी तीनचार जना एकअर्काको हात समाउदै बाढीमा हेलिब्थ्यौ र किनारमा पर्खिरहेको मानिसलाई तारिदिन्थ्यौ र यस्तो काममा खास गरी परिछनकै विशेष रुचि थियो। "यहींनिर कुवा छ, गए सालको वर्षामा मूल फुटेको एकदम चिसो र मिठो पानी छ । ऊ पानी लिएर आइसकेको थियो । "आजकाल गाउँमा तीन पाटी भयो, किस्ना"


पानी पिउँदै गर्दा लगभग उदास र आर्द्र उसको स्वर मेरो कानमा गुब्ज्यो । उसले जसरी अँध्यारो मुखमुद्रामा बिनाभूमिका मलाई यो खबर सुनायो । सहसा मलाई लाग्यो गाउँमा सायद अब अङ्ग्रेजहरूको रोग सर्दै छ, डिभाइड एन्ड रुल परिछनहरू भाँचिदै छन् । परिछनहरूको सगबगाउँदो चेतनासँगै गाउँका ठालुहरू नयाँ जुक्तिहरू सोच्दै छन् ता कि तमाम परिछनहरू परिछन नै रहुन् । अर्थात् क्रीतदासरूपी हलीगोठाला नै रहुन् र मालिकहरूकै कृपापात्र भएर रहुन्, जुन एउटा परम्पराका रूपमा तिनका पुर्खाहरूले तिनका हातमा नासो छोडेर गएका थिए । "ह १५ । यो तेस्रो पार्टी कहाँबाट कसरी आयो त ?*


"किसुन भाइ यो दुईतीन बरसमा गाउँमा धेरै उथलपुथल भयो । गए साल रोपाइँको बेलामा हामीले चार किलो बनीको कुरालाई लिएर हडताल गन्यौँ सुरुमा त सब राम्रै थियो । तीन दिनसम्म काम ठप्प भयो । हामीले फेकन र शनिचरलाई अगुवा बनाएका थियौ । पछि उनीहरूले धोखा दियो र धनीहरूसँग मिल्यो । चार चार मन धान दिन्छु भनेका थिए रे र त्यै लोभमा हडताल बिच्काइदियो । पछि त्यही कुरालाई लिएर हामीले तिनीहरूलाई केरकार गयौं, झगडाफसाद भयो र हामीले उनीहरूलाई आफ्नो पाटीबाट हटाइदियौ । पछि मालिकहरूले पनि एक मनभन्दा बढी

धान दिएन रे । त्यसपछि उनीहरू छुट्टै पाटी बनाएर बस्या छन्। हडताल पनि बिच्किहाल्यो, न बनी बढ्यो, उल्टै हाम्रो एकता टुट्यो। ऊ वरपर छरिएका सिमलका राता फूलहरू जम्मा पार्दै थियो सायद गोरुलाई खुवाउन । "हुन त यो एक किसिमले राम्रो पनि भयो, एक किसिमले नराम्रो पनि भयो । यस्तो भइरहन्छ तर


हामीले हिम्मत हार्नु हुँदैन । कमसेकम अब हाम्रो पार्टीमा धोखेबाजहरू त रहेनन् कि !


"त्यही कुराको खुसी छ, हिम्मत त किन हारिन्थ्यो र अरे एक साल भएन त अर्को साल


कहाँ जाला ! जब उतर गए रण पे तो पिछे हटना क्यों ? तर एउटा कुराको दुःख छ भाइ !


यस्तो बेलामा किसुन भाइ तिमी पनि गाउँमा हुँदा हौ त हामीलाई धेरै आडभरोस मिल्थ्यो, बल


मिल्थ्यो, आखिर हामी त मूर्ख र गंवार न हो। तिमी लेखपढ गरेको मान्छे । तिमी भन्या गाउँको


अभिमान हौ, हाम्रो इज्जत हौ तर तिमी पनि परदेशी भइदिंदा गाउ मालिकहरूको एकलौटी


रजाईमा पर्छ...।"


यस पटक परिछनको कुरो सुनेर म मर्माहत भएँ ।


परिछन ! यसो भनेर किन मलाई लज्जित पाछ गाउँ तिमीहरूकै हो तिमीहरूकै हसिया, खुर्पी, कोदालो र पाखुरीका बलमा गाउँ बाँचेको छ, गाउँका इज्जत भनेका तिमीहरू नै हो । तिमीहरूकै आडमा गाउँ अभिमानी भएको छ । तिम्रो पाखुरीले यो खोलाको धारलाई त फर्काउँछ भने गाउंको इज्जत नाथि नउठाउला त...


"किसुन भाइ तिमीलाई कुरामा जित्न सकिदैन । खैर, जे होस्, यसपालि महावीरजीको झन्डाको मेलामा हामी नाटक खेल्छी गाउंको घटनाहरू राखेर एउटा खुब राम्रो नाटक लेखिदेऊ । अहिले भोकाएका पनि हौला...। भरे फेरि भेटौला ।"


यसपछि हामी छुट्‌यौ भरे भेट्ने वाचामा मेरो मानसपटभरि परिछनको स्वर मडारिदै थियो "गाउँका घटनाहरू राखेर एउटा खुब राम्रो नाटक लेखिदेऊ नाटक लेखन नजान्ने म यो धुनमा सोच्दै हिडिरहेथे कि नाटक कसरी र कहाँबाट थालौ ...? गाउँमा टेक्न पनि नपाउँदै परिछनले ममाथि गहन जिम्मेदारी सुम्पिदिएको थियो ।


धेरै पर पुगिसक्दा पनि म उसको स्वर सुन्दै थिए- "ह ५ गोला, फुर्ती से चाल बढाके।"


                             समाप्त



Previous Post Next Post