सांसदहरुकाे उपस्थितिमा विवश लामिछाने द्वारा दिइएको भाषण- कटारी नगरपालिका, उदयपुर क्षेत्र नम्बर २

धन्यवाद उध्घोसक ज्यू

  यस विद्यालयका आदणीय प्रधानाध्यापक बालकृष्ण कार्की ज्यू। यस समारोहमा प्रमुख अतिथि हरुका रूप पाल्नुभएका यस उदयपुर जिल्ला क्षेत्र नं २ का प्रतिनिधी सभा तर्फ बाट नवनिर्वाचित माननीय सांसद अम्बर बहादुर रायमाझी ज्यू प्रदेशसभा तर्फ उदयपुर जिल्ला क्षेत्र नं २(क) बाट नबनिर्बाचित माननीय सांसद नारायण  बुर्जा मगर ज्यू यसैगरी उदयपुर क्षेत्र नम्बर २(ख) बाट प्रदेशसभा सांसदका लागि नवनिर्बाचित माननीय सांसद राम कुमार खत्री ज्यू लगायत यस कार्यक्रममा उपस्थित हुनु भएका हाम्रा पूज्यनीय शिक्षक शिक्षिका ज्युहरु र यस कार्यक्रमलाई सार्थक पार्न उपस्थित मेरा सहपाठी मित्र र भाइबहिनीहरुलाई म यस विद्यालय कक्षा १२ कृषि धार तर्फ अध्ययनरत छात्र विवश लामिछानेको तर्फबाट हार्दिक अभिबादन टक्र्याउन चाहन्छु।

महोदय,

हाम्रो देश नेपाल प्राकृतिक सांस्कृतिक भौगोलिक मौलिक र धार्मिक क्षेत्रको धनी देश हो तर बिडम्बना हाम्रो देशमा राजनीतिक क्षेत्रको अवस्था भने निकै नाजुक रहेको छ। राजनीतिक क्षेत्र देशको त्यस्तो अभिन्न अङ्ग हो जसले देशको प्रतिनिधित्व गर्ने सामर्थ्य राख्नुपर्दछ तर हाम्रो देशमा अधिकांश राजनीतिज्ञहरू सत्ताको होडबाजीमा व्यस्त छन् जसको प्रत्यक्ष असर देशको शिक्षा, स्वास्थ्य, कृषि र अन्य क्षेत्रहरूमा पुगेको छ। हाम्रो देशका शीर्ष नेताहरु पार्टी फुटाउने र पार्टी जोड्ने या भनौं गठबन्धन गर्न र सत्तामा पुग्न र आफ्नु र पार्टीकाे स्वार्थ पुरा गर्न मात्र व्यस्त भएकाले हाम्रो देशकाे प्रशासकीय क्षेत्रमा कर्मचारीतन्त्र बढ्दो छ जसको कारण देशमा भ्रष्टाचार चरम बिन्दुमा पुगेको छ। जनताले साधारण भन्दा साधारण काम गर्न महिनौं दिन कुर्नु पर्ने गरेको छ।

 शिक्षा क्षेत्रकाे नै कुरा गर्ने हो भने अधिकांश विद्यालयका विद्यार्थीहरु गुस्तरीय शिक्षाको पहुँचबाट बञ्चित छन्। म आफै प्राविधिक विषयको विद्यार्थी भएको कारणले म भन्न चाहन्छु हाम्रो देशमा प्राविधिक विद्यालय र विद्यार्थीहरुलाई प्राथमिकतामा राखी शिक्षाक्षेत्रमा सरकारद्वारा पर्याप्त मात्रामा योजनाहरु तयार भएको महसुस गर्न पाएको छैन।

हजुर माननीय सदस्यहरु हामी र हाम्रा अभिभावक द्वारा हाम्रै निम्ति चुनिनुभएको हाम्रा प्रतिनिधिहरु हुनुहुन्छ। तसर्थ हजुरहरुलाई खबरदारीका साथ अनुरोध गर्न चाहन्छु कि हामी विद्यार्थीहरूको शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखी केन्द्रीय सरकार र प्रदेश सरकार मा हाम्रा गुनासो, सुझाव र हाम्रा आवाजहरु लाई हजुरहरुले उग्र रुपमा उठान गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै प्राविधिक शिक्षालाई प्रवर्द्धन गर्नु हुनेछ भन्ने आशा गरेको छु।

त्यसैगरी अन्तिममा म के भन्न चाहन्छु भने, एकजना माननीय सांसदले भन्ने गर्नुहुन्छ भ्रष्टाचार गर्नु भनेको आमाको रगत चुस्नु बराबर हो यो कुरालाई हजुरहरुले पनि मनन गरी देश विकासमा उल्लेखित योगदान गर्नुहुनेछ भन्ने आशा लिएको छु। हामी जनताहरुले हजुरहरुलाई राम्रो काम गर्नु हुनेछ भन्ने आशाका साथ सत्तामा पुर्याएका छौं तर हजुर हरु द्वारा हामीले सोचेअनुसार काम नभएको खण्डमा हामी हजुरहरुलाई आगामी निर्वाचनमा  नचुन्ने भन्ने निधो गर्न बाध्य हुनेछ ।


हजुरहरूको पाँच वर्षीय कार्यकाल सुखद रहोस् र सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु। मलाई आफ्ना भनाईहरु राख्न अवसर दिनुभएकोमा उद्घोषक ज्यू प्रति आभार व्यक्त गर्दै यहाँबाट बिदा हुन चाहन्छु
          
हस् त धन्यवाद।


Previous Post Next Post