त्रिवेणी मेला

 विषय सूची 

परिचय ------------------------------------------------------------------ 1

उद्देश्य -------------------------------------------------------------------- 2

पूर्ण पाठ ------------------------------------------------------------------ 3

प्रभावका प्रकृति ---------------------------------------------------------- 4

प्रतिवेदनको नतिजा ------------------------------------------------------ 5

सुझाव-------------------------------------------------------------------- 6

निष्कर्ष ------------------------------------------------------------------ 7












"परिचय खण्ड"

मेला भनेको के हो ?

साधारण मेला भनेको जन मानवको समूह हो जहाँ केही उद्देश्यका साथ जमघट भई कार्य सिद्धिका निम्ति विभिन्न कर्म गरिन्छ। देशअनुसार परिवेश अनुसार संस्कार र संस्कृति अनुसार र गाउँ समाजको स्थिती परिस्थितिअनुसार मेला विभिन्न उद्देश्यका साथ सञ्चालन हुने गर्दछ ।


              सामान्य परिवेशमा घुलेर मेलाको परिचय दिनुपर्दा कुनै पनि क्षेत्रलाई केन्द्रविन्दु बनाई त्यस क्षेत्रका जनजीवन सँग सम्बन्धित उद्देश्यहरुलाई सार्थक पार्नका निम्ति आयोजित जन मानवको समूह हो जहाँ उनीहरु आफ्नो कुनै सकरात्मक स्वर्थहरु मा बाँधिएर त्यस सम्मेलनमा सहभागी भएका हुन्छन् जस्तै कुनै एक क्षेत्र सँग सम्बन्धित रहेर मेलाबारे वर्णन गर्नुपर्दा विभिन्न गाउँहरूको समूहमा कुनै एक गाउँलाई केन्द्रविन्दु बनाई त्यससँग सम्बन्धित वरिपरीका छिमेकी गाउँहरुलाई र त्यहाँका बासिन्दा हरु लाइ सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित उनीहरूको कृषि उत्पादन उनीहरूको कला सिप र संस्कृतिलाई उचित प्रवर्द्धन गर्न र एकआपसमा आफ्ना उत्पादन तथा संस्कृति एवं कलालाई साट्न एवं आफ्नो उत्पादनको उचित मूल्यका निम्ति बिक्री गर्न त्यस सम्मेलन विशेष रुपले आयोजना गरिएको हुन्छ जसलाई हामी सरल रुपले मेला भन्ने नामले चिन्छौं।


त्रिवेणी मेला नेपालको संस्कृति, परम्परा र धर्मको अनमोलता रक्षा गर्ने एक महत्वपूर्ण सम्मेलन हो। यो मेला धार्मिक, सांस्कृतिक र सामाजिक उद्देश्यका लागि खुशीको संग्रहको रूपमा लिने गरिन्छ। नेपालको त्रिवेणी मेलाको कुनै चार्टर नभए पनि, यो रोजगार, आय, व्यापार र पर्यटनमा असाधारण महत्त्व रख्ने एक महतत्वपूर्ण भेला हो।


साधारण रूपमा व्याख्या गर्नु पर्दा त्रिवेणी मेला नेपालको कटारी नगरपालिकामा हुने एक धार्मिक र सांस्कृतिक उत्सव हो। यो उत्सव उदयपुर जिल्लाको कटारी नगरपालिकाको सानु क्षेत्रलाई केन्द्र बनाई मनाइन्छ। त्रिवेणी मेला नेपालमा धार्मिक रूपले हिन्दु धर्मालम्वी र श्रद्धालुहरुको एक धार्मिक स्थल पनि हो । यो मेला समाज र सांस्कृतिक समृद्धिको एक प्रतीक हो। यसमा भिन्न जातिजातिक मानिसको एकता, सामाजिक समन्वय र सद्भाव देखिन्छ। एक साथ एकत्र हुने यो उत्सव नेपालको समृद्ध सांस्कृतिक विरासतको अभिव्यक्ति हो।


त्रिवेणी मेलामा, तावा, ककुर र कमला नदीको संगम भएको ठाउँमा मनाइन्छ। धार्मिक दृष्टिबाट, यो मेला मानिसहरूको पाप पखाल्ने र उनीहरुको आत्मा शुद्ध गर्ने ठाउँको रूपमा प्रख्यात छ। त्रिवेणी मेला नेपालको सांस्कृतिक विविधताको उदाहरण हो, जसमा संगीत, नृत्य र कला प्रदर्शनीहरु जस्ता कई कार्यक्रमहरु हुन्छन्। यो मेला समूहिक एकता र सद्भावको प्रतीक हो, किनकि विभिन्न धर्म, भाषा र संस्कृतिबाट आएका मानिसहरु एकत्र हुन्छन्। यो मेला नेपालको धनी सांस्कृतिक विरासतको एक साक्षी हो, जसले हाम्रो अस्थायी रूपमा पनि निरन्तर धार्मिक र सांस्कृतिक विकासलाई हुने देखाउँछ।


"उद्देश्य खण्ड"

मेलाको उद्देश्य के के हुन् ?

एकअर्काको संस्कृति बारे जानकार हुन

कृषिजन्य उत्पादनको उचित बजार पाउने

मनोरञ्जनात्मक कार्यमा सहभागी हुन

व्याक्तिगत कलाको प्रदर्शन गर्न

सामुहिक रुपमा सकरात्मक स्वार्थका साथ प्रतिस्पर्धा गर्न


"पूर्ण पाठ खण्ड"

मेला विभिन्न स्वार्थवश आयोजना गरिएको हुन्छ उक्त मेला विभिन्न धर्म जातजाति संस्कृति भौगोलिक क्षेत्र मौलिक समानता आदिका आधारमा आयोजित सम्मेलन हुने गर्दछ उक्त सम्मेलन धार्मिक तथा पर्यावरणको हिसाबमा पनि आयोजित हुने गर्दा मेला विभिन्न प्रकारमा विभाजित हुन  जान्छ।


मेला धार्मिक हिसाबले पनि विभाजित भएको हुन्छ। धार्मिक पृष्ठभूमिको सन्दर्भमा रहेर मेलाबारे वर्णन गर्नुपर्दा मेला भारतवर्ष र नेपाल जस्ता हिन्दु धर्मलम्बी हरूको बाहुल्यता भएको राष्ट्रहरुमा हिन्दु धर्मालम्बी द्वारा विभिन्न धार्मिक स्थलहरुमा आफ्नो धर्मलाई प्रवर्द्धन र जगेर्ना गर्ने स्वार्थ उद्देश्यका साथ भक्तजनहरु द्वारा आयोजना गरिन्छ उक्त धार्मिक मेला कुनै विशेष एवं पवित्र स्थानमा मात्र आयोजना गरिने गरिन्छ भारतवर्ष र नेपालमा अधिकतम मात्रामा हिन्दू धर्मावलम्बीहरूको पवित्र स्थलहरू छन् उक्त स्थलहरूमा मेलालाई आयोजना गरिने सन्दर्भमा ती स्थानहरु निम्न प्रकार छन्: वराहक्षेत्र, पशुपति क्षेत्र, वैद्यनाथ क्षेत्र, बद्रीनाथ र रामेश्वर क्षेत्र आदि हिन्दू धर्मावलम्बीहरूको विशेष मेला लाग्ने ठाउँहरु हुन्। मकर मेला मकर संक्रान्तिको दिन प्रत्येक बाह्र वर्षमा पनौतीमा लाग्ने मेला हो। यसै मध्ये मकर मेला पनि हिन्दु धर्मालम्वीहरुको विशेष मेला हो। माघ महिनाभरि लाग्ने मकर मेलामा नेपालभित्रका भक्तजनहरू मात्र नआई उत्तर भारत प्रयागबाट समेत तीर्थालुहरू आउँछन्। मेलाको प्रमुख स्थान त्रिवेणीघाट क्षेत्र हो। त्रिवेणीमा नुहाई त्यहाँको जल उत्तरपट्टी कुञ्जगिरी पर्वतमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धारणा भक्तजनमा पाइन्छ।


सांस्कृतिक प्रवर्द्धनका निम्ति लाग्ने मेलाहरु पनि प्रशस्त रुपले हाम्रै राष्ट्रमा भएको हामीले देख्न सक्छौं। हाम्रो राष्ट्र नेपाल धेरै भाषा धर्म र संस्कृतिको फूलबारी हो र यसलाई जोगाई राख्नका निम्ति विभिन्न समुदायद्वारा विभिन्न कालखण्डमा एवं समयमा मेलाको आयोजना गरिन्छ उक्त आयोजनामा आफ्ना संस्कृतिहरू को प्रदर्शन गरी प्रवर्द्धन गरिन्छ। संस्कृतिको हिसाबमा लाग्ने मेला हरुका आधारमा एउटा उदाहरण दिनुपर्दा नेपालको चितवन जिल्ला र अन्य जिल्लाहरुमा अल्पसंख्यक वर्गका जातिद्वारा आफ्नो जातजातिमा परम्परागत रूपमा प्रचलित नृत्य, संगीत र अन्य कला हरूको प्रस्तुतिका साथ आफ्ना संस्कृतिहरुलाई जोगाउनका निम्ति मेलाहरू आयोजना गरिएको देख्न पाइन्छ।


मेला कृषिजन्य उत्पादनहरुको व्यवस्थापनका निम्ति पनि आयोजित हुन्छ र मेलामा विभिन्न आर्थिक कारोबारहरु पनि हुने गर्दा मेलाले देशको व्यावसायिक क्षेत्रमा पनि निकै नै ठूलो भूमिका निर्वाह गरेको हुन्छ यसै सन्दर्भमा रहेर मेलाहरुका प्रकार मध्ये एक उत्पादन प्रवर्द्धन गर्न र व्यावसायीकरण अथवा बजारीकरणका निम्ति पनि मेलाहरु विशेषरूपले आयोजित हुन्छन्। सामान्यतय मेलाहरु कुनै निश्चित क्षेत्रमा साप्ताहिक रुपमा वा मासिक रुपमा अथवा वार्षिकरुपमा आयोजना गरिएका हुन्छन् उक्त सम्मेलनमा विभिन्न क्षेत्रहरुका व्यावसायिक किसान कलाकार दर्शक खरिद गर्दा बिक्रेता एवं विभिन्न पक्ष व्यक्तित्वहरूको पनि उपस्थिति हुने गर्दछ। उक्त मेलामा विभिन्न क्षेत्रका किसानहरुले उक्त निश्चित क्षेत्रमा आआफ्ना सामानहरुलाई बजारीकरण गर्ने गर्दछन् र आफ्ना सामानहरुको बिक्री गर्ने गर्दछन्। नेपालको चितवन जिल्लामा कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त क्षेत्रको कृषिसम्बन्धी सरोकारवालाहरु र स्थानीय सरकार द्वारा एक विशेष सम्मेलनको आयोजना गर्ने गरिन्छ जहाँ किसानहरुलाई उनीहरुका उत्पादनहरु लाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतिस्पर्धा एवं एकआपासमा आफ्ना उत्पादनहर साझा गरि ज्ञान आदानप्रदान गर्नुका साथै उक्त प्रतिस्पर्धामा विजेता किसानहरुलाई सम्मान साथै पुरस्कारको व्यवस्था पनि गरिएको हुन्छ।


" प्रभावका प्रकृति खण्ड "

त्रिवेणी मेला नेपालमा एक महत्वपूर्ण सांस्कृतिक उत्सव हो र विशेष गरी उदयपुर जिल्लामा यो उत्सव महत्वपूर्ण छ। 

त्रिवेणी मेलाको फाईदाहरु तल उल्लेख गरिएको छ ।

१. सांस्कृतिक संरक्षण: त्रिवेणी मेला संस्कृति संरक्षणको लागि एक महत्वपूर्ण उत्सव हो। यो मेला स्थानीय संस्कृति र परम्परा संरक्षणमा मद्दत गर्दछ र त्यसले नेपाली जनतालाई त्यसका संस्कृतिक मूल्यहरुको महत्व जान्ने मद्दत पुग्छ।


२. पर्यटन संवर्धन: त्रिवेणी मेला नेपालको पर्यटन संवर्धनमा पनि एक महत्वपूर्ण भूमिका निभाउँछ। यो मेला देशभरी पर्यटकहरुलाई आकर्षित गर्दछ र उनलाई विभिन्न नेपाली संस्कृति, रीति-रिवाजहरु, र खानेपिने वस्तुहरु जान्ने अवसर प्रदान गर्दछ। यो उत्सव पर्यटन उद्योगको विकासमा महत्त्वपूर्ण भूमिका निभाउँछ। यो उत्सव बिभिन्न भागबाट आएका पर्यटकहरुलाई धेरै आकर्षित गर्दछ र यसले स्थानीय व्यवसायहरुलाई बढी मुनाफा प्रदान गर्दछ।


३.व्यापारिक गतिविधिहरु: यो उत्सव विभिन्न व्यापारिक गतिविधिहरुको अवसर पनि प्रदान गर्दछ। यसले स्थानीय उत्पादन र दुकानहरुलाई बढी लाभदाएक बनाउँछ र स्थानीय व्यवसायहरुलाई बढी मुनाफा प्रदान गर्दछ।


त्रिवेणी मेलामा कृषि उत्पादनहरू प्रवर्द्धन गर्दा धेरै फाइदाहरू हुन सक्छन्, जसमध्ये केही निम्न हुन्:


१.बजार विस्तार: त्रिवेणी मेलामा नेपालका विभिन्न भाग र अन्य देशहरूबाट ठूलो संख्यामा आगन्तुकहरू आकर्षित हुन्छन्। यसले स्थानीय किसानहरूलाई उनीहरूको कृषि उत्पादनहरू फराकिलो बजारमा प्रदर्शन गर्ने र बेच्ने अवसर प्रदान गर्दछ। यसले उनीहरूको बजार पहुँच विस्तार गर्न र बिक्री बढाउन मद्दत गर्दछ।


२. ब्रान्डिङ र प्रवर्द्धन: त्रिवेणी मेलाले स्थानीय किसानहरूलाई उनीहरूको कृषि उत्पादनहरू प्रवर्द्धन र ब्रान्ड गर्नको लागि एक आदर्श प्लेटफर्म प्रदान गर्दछ। यसले स्थानीय उत्पादनहरूको गुणस्तर र विशिष्टताको बारेमा सचेतना बढाउन र थप ग्राहकहरूलाई आकर्षित गर्न मद्दत गर्न सक्छ।


३.सञ्जाल र सहयोग: त्रिवेणी मेलाले स्थानीय किसानहरूलाई कृषिमा संलग्न अन्य किसानहरू, व्यापारीहरू र संस्थाहरूसँग सञ्जाल र सहकार्य गर्ने अवसर प्रदान गर्दछ। यसले ज्ञान साझेदारी, नयाँ साझेदारी, र नयाँ बजार अवसरहरूको नेतृत्व गर्न सक्छ।


४.आर्थिक वृद्धिः त्रिवेणी मेलामा कृषि उत्पादनको प्रवद्र्धनले स्थानीय समुदायको समग्र आर्थिक वृद्धिमा योगदान पुयाउन सक्छ । धेरै उत्पादनहरू बेचेर र आफ्नो बजार पहुँच विस्तार गरेर, स्थानीय किसानहरूले आफ्नो आम्दानी बढाउन र स्थानीय अर्थतन्त्रको वृद्धिमा योगदान गर्न सक्छन्।


"प्रतिवेदनको नतिजा"

मेलहरूको आयोजनाहरूले विभिन्न क्षेत्रका जनजीवनमा सकरात्मक प्रभाव पर्नुका साथै उनीहरुका आर्थिक, सामाजिक, धार्मिक मूल्य-मन्नेताहरूको प्रवर्दन र संरक्षण हुने गर्छ। कृषि, पर्यटन, उद्योग, ब्यापार तथा सुचना प्रविधि क्षेत्रको प्रचारप्रसार प्रर्वद्धनका लागि आयोजना गरीने औद्योगिक ब्यापार मेलाल उक्त क्षेत्रमा समग्र आर्थिक विकासमा टेवा पुगेको छ । १५- ३० दिनसम्म सञ्चालन हुने मेलाहरु स्थानीय स्तरमा उत्पादित सामाग्रीले बजार पाउने, नयाँ सुचनाप्रविधि र यान्त्रीकरणहरुको स्टलहरुले नयाँ युवा पुस्तालाई आकर्षित गर्ने गर्दछ। बालकदेखि बृद्ध बुवाआमासम्मका लागि आवश्यक दैनिक सामाग्री, मनोरञ्जन गर्ने स्थल, कलाकर्मीहरुको सांस्कृतिक प्रस्तुती र मेला अवलोकन गर्न टाढाटाढाबाट पनि दर्शक आउने भएकाले यसलाई  स्थानीय बासिन्दा यस क्षेत्रको पहिचानका रुपमा पनि लिने गर्दछन् ।

मेलामा एकै छानामुनीबाट स्वदेशी तथा विदेशी बस्तु तथा सेवाको प्रवद्र्धन, खरीद विक्री उत्पादन तथा प्रविधीको परिक्षण गर्ने उपयुक्त थलो बन्ने गर्दछ । समग्रमा भन्दा यी मेलाले यस क्षेत्रको आर्थिक, सामाजिक, सास्कृतिक परम्पराको विकासमा प्रभावकारी भुमिका खेल्ने गर्दछन् । बैंक, बित्तिय संस्थाको पहुँच बढाउन, बित्तीय साक्षरता र पर्यटन प्रर्वद्धनका लागि तथा भ्रमण वर्ष २०/२०२२/अन्य वर्ष लाई सफल पार्न पनि यो मेला उपयोगी हुनेगरेको छ ।


"सुझाव"

खासगरी यी मेला महोत्सवहरुमा खर्च तथा आम्दानीको ठुलो हिस्सा पिङ्गमा जानेहुंदा अन्य बस्तु तथा सेवाहरुको व्यवसाय प्रवद्र्धन उत्साहजनक नहुंदा यस्ता मेला महोत्सवहरु सोचेजती सफल हुन नसकेको हो कि भन्ने देखिन्छ । भने आयोजक समुहले ब्यवस्थापकीय कुराहरुमा ध्यान दिदैं लक्षित उद्देश्य पुरा गर्ने गरी तयारी गरेमा यसको भब्य सफलता देखिने छ ।


"निष्कर्ष"

मेला माउत्सवले हाम्रो समुदायको जनजीवनमा प्रत्यक्ष रूपमा प्रबाभित परिरहेको छ। मेलाले हाम्रो धार्मिक एवं आर्थिक र सांस्कृतिक पहिचान बोकेको हुन्छ। मेलाले हाम्रो राष्ट्रको स्व-उत्पादनमा प्रवर्दन गर्छ। कला संस्कृतिको जगेर्ना गर्ने गर्छ। आंतरिक पर्यटकलाई आकर्षण गर्छ। मनोरञ्जनको सन्दर्भमा निकै नै उलेखिय योगदान पुर्याएको हुन्छ।



धन्यवाद


Previous Post Next Post